थियो हेर्नु जे त्यो लुकाएर आयौ

थियो हेर्नु जे त्यो लुकाएर आयौ

२०७८/१०/१६ महेन्द्रनगर

थियो हेर्नु जे त्यो लुकाएर आयौ
नहेर्नु  थियो जो फुकाएर आयौ।

उचाली गयौ त्यो भरेको जवानी
उहीँ मूल्य आज चुकाएर आयौ।

भयो गल्ती पक्कै तिमीबाट खै के
उचो शीर थ्यो जो  झुकाएर आयौ।

नता इज्जतैको गर्यौ ख्याल साथी 
जलायौ र आगो धुकाएर आयौ।
    
भन्यौ रे तिमीले म हूँ प्रेम तिम्रो
पुरै जिन्दगानी  सुकाएर आयौ।

Comments (0)

No comments yet. Be the first to comment!

Leave a Reply

Please login to leave a comment.
Top