चिसा लाग्छन् अक्सर अचेलका रातहरू।
याद आउँछन् विश्वासहरू अनि घातहरू।
मुर्झाउँदै छ उर्जाहरू सम्हालेर सजाएका,
सुकेको रुखमा पलाउदैनन् कतै पातहरू।
यादहरू आउँछन् सारा सताएर जान्छन्,
सम्झेर व्युझिन्छु वार्ताहरू मुलाकातहरू।
भुल्छु भन्दैमा कहाँ सकिन्छ भुलेर जान,
कसरी भुल्नु मारी गएका प्रिय लातहरू।
त्यस्तै फरक देखे अक्सर दुनियाँ जसरी
अलग हुन्छन् रे हात्तीका खाने दाँतहरू।
२०७८/०९/१८ महेन्द्रनगर

Comments (0)
No comments yet. Be the first to comment!