जागौ युवा, जागौ युवा

                          "जागौ युवा"

 

 जागौ युवा, जागौ युवा देश बनाउनु छ

 पूर्वको मेची पश्मिम महाकाली एकिकृत गर्नु छ ।

 

 संसारको कुनै व्यवस्था छैन, युवा नलडेका 

यहि हो समय देश बनाउने, हामि कहाँ हिडेका ।

 

राष्ट्रियता, अखण्डता र हाम्रो स्वाभिमान 

 विस्तारवादी आँखा विरुद्ध गर्छौ बलिदान ।

 

 सम्झनु पर्छ ती हाम्रा चार सहिद युवालाई 

 पुर्खाको पौरख विरताले गर्दा,बनायो स्वतन्त्र नेपाललाई ।

 

दुई दिनको जिन्दगीयो छैन कुनै ठेगाना 

 राष्ट्रका हितमा अमर हुने,हुनु पर्छ भावना ।

 

 सबैको एक मन र भाव, विचार हुनु छ

 जागौ युवा जागौ युवा,देश बनाउनु छ ।। 

 

 

                                                   लेखन-मुकेश पाण्डेय

Comments (5)

सुन्दर

24 August 2022 pm 9:03 PM

सुन्दर

24 August 2022 pm 9:04 PM

Motivational

24 August 2022 pm 9:05 PM

Inspiration for Nepalese youth

24 August 2022 pm 9:08 PM

Wow

28 August 2022 am 9:24 AM

Log in to post a comment.

Top