गजल

केवल एउटा सपना मुटुमा सजाएको मान्छे।
तिम्रैलागी मन पोलेर बेसरी डढाएको मान्छे।

तिमी टाढिएपछी दिल रमाउन सक्छ कसरी
पीडा त हुन्छ नि छुट्टिदा मन पराएको मान्छे।

सपनाहरूले थिच्दा लाग्छ जलाइ दिउँ सारा,
झल्यास सम्झिन्छु सपनाले बचाएको मान्छे।

यस्तो सम्मन होला भनेर सोचेकै थिएन यार,
छोड्छ दिलभित्रै बस्छु भनेर आएको मान्छे।

कसरी बदलिन्छ नजर मान्छेको संसार हेर्नुस्,  
कालो बादल झै लाग्छ भर्खर रमाएको मान्छे।

जसलाई जे जरुरत छ त्यहीँ ठूलो हो बुझ्नुस,
भोकको पीडा बुझ्दैनन भर्खर खाएको मान्छे।
                     २०७८/०१/२६ महेन्द्रनगर

Comments (0)

No comments yet. Be the first to comment!

Leave a Reply

Please login to leave a comment.
Top